‘लाइगर’को ट्रेलर सार्वजनिक, बक्सरको भूमिकामा विजय देवरकाेन्डा

काठमाडाैं । दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजय देवरकाेन्डाको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ । फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् ।

दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि देखाइएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बक्सर माइक टाइसन पनि फिल्ममा केमियो रोलमा देखिएका छन् । ट्रेलरमा माइक टायसन विजयलाई चुनौती दिन्छन् ।

फिल्ममा बाहुबलीकी शिवगामी देवी अर्थात रम्या कृष्णनको पनि भूमिका रहेको छ । यस फिल्ममा उनले विजय देवरकोन्डाकी आमाको भूमिका निर्वाह गरेकी छिन् ।

‘लाइगर’ विजयको पहिलो हिन्दी फिल्म मात्र नभएर अनन्याको पनि पहिलो तेलुगु डेब्यू फिल्म हो ।

यो फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । पुरी जगन्नाथ निर्देशित यो फिल्म आगामी २५ अगस्ट अर्थात भदौ ९ गते रिलिज हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१