
काठमाडाैं । सेयर धितो कर्जा अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै केही खुकुलो नीति ल्याएको हो ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत एउटा वा सबै वित्तीय संस्थाबाट कर्जा लिन सक्ने गरी अधिकतम सीमा १२ करोड कायम गरिएको हो । यसपटक न्यूनतम सीमा हटाइएको हाे ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गरी १२ करोड मात्रै कायम गरिएको बताए ।
यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताए ।