रणवीरको ‘नग्न फोटो’ भाइरल, दिए यस्तो प्रतिक्रिया

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह ‘न्युड फोटोसुट’का कारण चर्चामा छन् । रणवीरको केही समयअघि मात्रै सार्वजनिक भएको नग्न तस्बिरले यतिबेला इन्टरनेटमा तहल्का मचाइरहेको छ ।

वास्तवमा रणवीरको भाइरल फोटो उनले ‘पेपर म्यागजिन’का लागि गराएका हुन् । रणवीरको ‘न्युड फोटोसुट’ ७०को दसकका पप आइकन बर्ट रेनोल्ड्सप्रति श्रद्धाञ्जली स्वरूप गराएका हुन् । पप आइकन बर्ट पनि सन् १९७२ मा कज्मोपोलिटियन म्याग्जिनका लागि न्युड भएका थिए ।

रणवीरका प्रशंसकहरू उनको आत्मविश्वासको तारिफ गरिरहेका छन् । धेरैले नकारात्मक प्रतिक्रिया दिइरहेका छन् । यतिमात्र होइन कि ट्रोलरहरू र मिम बनाउनेको निशानामा रणवीर परेका छन् ।

मिम बनाउनेहरूले रणवीरका यी फोटोहरू लिएर विभिन्न मिम बनाएर उनको खिल्ली उडाइरहेका छन् ।

तर रणवीरले भने आफ्नो ‘न्युड फोटोसुट’लाई सामान्य रूपमा लिएका छन् ।

उनले भनेका छन्, ‘मलाई शारीरिक रूपमा नग्न हुन सजिलो लाग्छ, तर मेरा केही प्रस्तुतीहरूले म नग्न भएको छु । तपाईंहरू मेरो नग्न आत्मा देख्न सक्नुहुन्छ । कस्तो नग्न छ, छैन त ? त्यो साँच्चै नग्न छ म हजारौँको अगाडि नेकेट हुन सक्छु ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७