सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौं । पूर्वमन्त्री एवम् सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् ।

शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भनी खुशी व्यक्त गरिन् ।

गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल सद्भावना पार्टीको अस्तित्व कायम रहने दाबी गरिन् । उनले ढिलै भएपनि नागरिकता विधेयक आएको भन्दै अहिले पनि नागरिकताको नाममा महिलामाथि विभेद कायमै राखिएकोमा भन्दै गुनासो गरिन् ।

त्यस्तै, उनले आफूहरुकै नेतृत्वमा समतामूलक समाज बन्ने दाबी पनि गरिन् ।

तत्कालीन सरकारले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालकाे नयाँ नक्सा जारी गरेकोमा गिरीले विरोध जनाएपछि जनता समाजवादी पार्टीले सांसद पद र पार्टीमा नरहने गरी कारवाही गरेको थियो ।

त्यस यता उनी पार्टीविहीन बनेकी थिइन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१