अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु

न्युयोर्क । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

वाशिंगटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो ।

विवादपछि गोली हानहान भएको थियो । आक्रमणकारीको पहिचान खुलाइएको छैन ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१