
काठमाडौं । पाल्पामा आइतबार साँझ बस दुर्घटनामा भएको छ ।
गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी कम्तीमा ६ जनाकाे मृत्यु भएकाे र केही घाइते भएकाे प्रारम्भिक जानकारी आएको प्रहरीकाे भनाइ छ ।
दुर्घटनाको कारण र क्षतिको विवरण भने आउन बाँकी छ ।