ललितपुरमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जीप चालक फरार

ललितपुर । ललितपुरको बालकुमारी खरीबोटमा साेमबार बिहान जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भइ ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो ।

घाइते भएकी स्कुटरमा पछाडी सवार ललितपुर धोबिघाट बस्ने २३ बर्षकै सकुन्तला घर्तिको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई बिहान सवा ३ बजे नम्बर नखुलेको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् जीपसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी बृत्त सातदोबाटोले जनाएको छ ।

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७