
काठमाडाैं । कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएकाे छ ।
पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण २ जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।
यस्तै, २४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २ सय १८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार सात सय १४ जना पुगेको छ ।
थप दुई लाख ५७ हजार ८ सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।