• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बनेपामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा हिजो बेलुकी ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

बनेपाबाट काठमाण्डौ गइरहेकाे ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा हिजो बेलुकी सवा ७ बजे बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो

घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।