इराकमा सयौँ प्रदर्शनकारी पसे संसद भवन, गरे यस्तो रमाइलो

बग्दाद । इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोधहरू तोडेर बुधबार सयौं मानिसहरूले इराकको संसदमा पुगेका छन् ।

प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा शक्तिशाली इराकी धर्मगुरु मोक्तादा अल–सद्रका सयौं समर्थक संसद भवन प्रवेश गरेका हुन् ।

९ महिनाभन्दा बढी अघि इराकीहरूले आफ्नो पछिल्लो आमचुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।

देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्नेमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन ।

प्रधानमन्त्रीका लागि पछिल्लो नामांकनले आक्रोशित प्रदर्शनकारी संसद् भवन प्रवेश गरेपछि नाराबाजी र रमाइलो गरेका थिए । उनीहरुले त्यहाँ टेबलमा सुतेर तस्बिर पनि खिचेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१