
काठमाडाैं । अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा हालेका छन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।
तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख गरेका छन् ।
गत जेठ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् ।
यो विषयले बौद्ध समुदाय फिल्म विरुद्ध प्रदर्शनमा उत्रिएको थियो । त्यतिबेला यो विवाद दुवै पक्षको सहमतिमा मिलाएको भनिए पनि फेरि बल्झिएको हो ।