
काठमाडौं । भारतीय अभिनेता मिथिलेस चतुरवेदीको निधन भएको छ । टेलिभिजन अभिनेता चतुरवेदीको बुधबार लखनउमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको निधन हृदयघातकाे कारण भएकाे बताइएको छ ।
बलिउडका थुप्रै फिल्म तथा टेलिभिजन कार्यक्रमहरुमा सक्रिय रहेका मिथिलेसले चर्चित ‘निलि छत्री वाले’, ‘कयामत’जस्ता टेलिभिजन कार्यक्रममा काम गरेका थिए ।
हालसालै उनलाई ‘पटियाला बेब्स’मा पनि देखिएको थियो भने उनी एक वेब सिरिज ‘टल्ली जोडी’मा पनि अभिनय गर्ने पक्का भएको थियो ।