मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

काठमाडाैं । गायिका मेलिना राईले प्रेमी संगीतकार सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेकी छिन् । गत वैशाखमा प्रेमी बराइलीसँग इन्गेजमेन्ट गरेकी मेलिनाले फेसबुकमार्फत इन्गेजमेन्ट तोडेको जानकारी दिएकी हुन् ।

आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय लिन बाध्य भएको मेलिनाको भनाइ छ । सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुनेसमेत मेलिनाले उल्लेख गरेकी छिन् ।

‘एउटा परिस्थितिमा हामी दुईबिच भबिष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामी बिच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा र आत्मसमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले लेखेकी छिन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१