
काठमाडौं । नुवाकोटको बेलकोटगढी आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ ।
बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का नुवाकोटसहित आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ ।
यसअघि गएको आइतबार खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।