• २०८३ जेठ २५
  • 2026 June 08, Monday

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १० लाख राहत

काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ ।

घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्यसचिव एक नारायण अर्यालले सो जानकारी दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।