• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धन एक हुनुपर्छ : नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने, ‘सरकार पनि गठबन्धनको छ। गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ।’ तालमेल गरेर निर्वाचनमा जाँदा काँग्रेसले एक सय सिट पाउनु पर्ने उनको दाबी छ। तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थपे, ‘एमालेसँग प्रतिस्पर्धा गर्नका लागी एक हुनु पर्‍यो ।’

अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्वाचन आउने उनको भनाइ थियो । संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको विरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोइरालाले बताए ।