रामबाबु गुरुङकाे नयाँ फिल्ममा दयाहाङ राई र विपीन कार्की लिड रोलमा

काठमाडौं । कबड्डी फेम निर्देशक रामबाबु गुरुङ नयाँ चलचित्र निर्देशनमा जुटेका छन् ।

शीर्षक नराखिएको चलचित्रको बुधबार घोषणा हुँदैछ । सोल्टीमोडस्थित हायात प्यालेसमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ सिनेमाको घोषणा गर्न लागिएको हो ।

नाम नजुराइसकिएको चलचित्रमा विपीन कार्की र दयाहाङ राई लिड रोलमा छन् । चलचित्रमा कबड्डी ४ की अभिनेत्री मेरुना मगर र प्रियंका कार्की अनुबन्ध भएका छन् ।

झन्डै दुई वर्षको ग्यापपछि प्रियंकाले पहिलो चलचित्र साइन गरेकी हुन् । चलचित्र यशोदा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो ।

गुरुङले निर्देशन गरेको कबड्डी सिरिज निकै सफल मानिएको छ । कबड्डी-४ त अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा पहिलो नम्बरमा छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१