थप ८ सय ६८ जनामा कोरोना, तीन जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप ८ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय १४ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार ९१ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ४ सय १४ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१