नेपाली र हिन्दी भाषामा ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’को नेपाल र हिन्दी दुवै भाषाको टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् फिल्मको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र किष्ट्रिना गुरुङ समेटिएका छन् । टिजरमा खड्का अभिनित पात्र प्रेमले आफ्नो प्रमिका गीत वा राजगद्दीमध्ये एक छान्नुपर्ने बाध्यताको विषयलाई समेटिएको छ ।

१ मिनेट लामो टिजर अभिनेता खड्काकै वरिपरि घुमेको छ । टिजरमा प्रेम र द्वन्द्वको समिश्रण देखाइएको छ ।

फिल्मको टिजर सार्वजनिक भएको जानकारीसहित फिल्मका निर्देशक सन्तोष सेनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अन्ततः हामीले आज हिन्दी र नेपाली टिजर सार्वजनिक गरेका छौँ । तपाईंहरुको प्रतिक्षाका लागि हार्दिक आभार व्यक्त गर्दछु ।’

सन्तोष र छेतेन गुरुङको निर्देशनमा बनेको यो फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउन लागेकाे छ । फिल्म असोज ७ गतेबाट नेपाल र भारतसहित अन्य देशमा प्रदर्शनमा आउनेछ ।

नेपाली भाषामा :

हिन्दी भाषामा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१