• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मिटरब्याज पीडितहरूलाई ५ भदौभित्र प्रमाणसहित उजुरी गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौं । विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्यजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले आगामी ५ भदौभित्र त्यस्ता पीडितहरूलाई प्रमाणसहित प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ ।

नवलपरासी पश्चित प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौं माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको हो ।