थप २ सय ६३ जनामा कोरोना संक्रमण, कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परिक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टीजेन परिक्षणका क्रममा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७५ हजार ३ सय ७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१