अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोलाबारी

सिड्नी । अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा टर्मिनलभित्र गोली चलाउने एक बन्दुकधारीलाई पक्राउ गरिएको छ ।

आइतबार दिउँसो भएको गोलीकाण्डपछि एक जनालाई नियन्त्रणमा लिएको र एउटा बन्दुक बरामद गरिएको क्यानबेरा प्रहरीले जनाएको छ ।

गोलीकाण्डमा कोही पनि घाइते भएका छैनन् । गोली प्रहार गरेपछि विमानस्थलका केही भाग लकडाउन गरिएको थियो भने केही क्षेत्र खाली गरिएको थियो ।

त्यस्तै, विमान ग्राउन्डेड गरिएका थिए । घटनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१