नयाँ तलबमान अनुसार कर्मचारी, प्रहरीदेखि शिक्षकसम्म कसको तलब कति ?

काठमाडौं । सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो ।

अब मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै, प्रधानसेनापतिको तलब पनि २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ नै पुगेको छ ।

यस्तै, प्रहरी महानिरिक्षकको तलब भने २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१