
काठमाडाैं । बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच तनाव भएको छ । उपत्यकाको फोहोर लिएर गएका टिप्परलाई स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
त्यसक्रममा प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेको छ ।
काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीहरुलाई स्थानीयले अवरोध गर्दै आएका छन्।
आइतबार राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।
धादिङको धुनीबेंसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेका थिए ।
करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा सधैँका लागि फोहोर फ्याँक्न नदिने घोषणा उनीहरुले गरेका छन् ।