थप ५ सय ४२ जना काेरोना संक्रमित, ४ सय २१ संक्रमणमुक्त

काठमाडाैं । नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ८२ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र २ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ३ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ४ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ३ सय ५८ जना निको भइसकेका छन् ।

हाल नेपालमा ५ हजार २ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१