• २०८३ जेठ २२
  • 2026 June 05, Friday

मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मकवानपुरको मकवानपुरगढी र आसपासमा भारी वर्षा भएको छ ।

पछिल्लो तीन घण्टामा मकवानपुरगढी क्षेत्रमा अति भारी वर्षा मापन भएको बाढी पूर्वानुमान विभागले जनाएको छ ।

भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका ससाना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।