• २०८३ जेठ २२
  • 2026 June 05, Friday

रामेछापमा बाढीले पाँच घर बगायो

रामेछाप । अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ ।

अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईँ, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

पहिरोले घर बगाए पनि मानवीय क्षति भने भएको छैन ।