वैशाख १ मा ‘भगवत् गीता’, सुहानाकाे जाेडीकाे खाेजी !

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ ।

सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।

फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् ।

झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१