• २०८३ साउन १
  • 2026 July 17, Friday

माछापुच्छ्रे स्कुलले पायाे ‘आइबी वर्ल्ड स्कुल’को मान्यता

ललितपुर । ललितपुरको कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुलले आइबी वर्ल्ड स्कुलको मान्यता पाएको छ । बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी स्कुलका अध्यक्ष डा. विनोदप्रसाद यादवले मान्यताको बारेमा जानकारी दिए ।

अध्यक्ष डा. यादवले माछापुच्छ्रे स्कुल कुसुन्ती ललितपुरले बालबालिकाको सिकाई क्षमता र सिक्ने स्वभावको पहिचान गरी सोही अनुरूपको अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उदेश्यले हालैमात्र इन्टरनेस्नल व्याकालेरियटको औपचारिक रूपमा मान्यता पाएको जानकारी दिए ।

माछापुच्छ्रे स्कुल सन् १९९५ मा स्थापित भइ उच्च गुणस्तरीय शिक्षामा विश्वसनीयता कायम गरेको विद्यालयको रुपमा चिनिएको छ । शिक्षा क्षेत्रलाई राम्ररी निहालेका दूरदर्शी व्यक्तित्व तथा शिक्षाविद् डा. विनोद प्रसाद यादवले अक्टोबर २०१५ मा विद्यालयको नेतृत्व लिइ उपत्यकामा पनि एउटा गुणस्तरीय विद्यालय मध्यमस्तरका अभिभावकको पहुँचमा खोल्ने उद्देश्यले अभिप्रेरित भइ माछापुच्छ्रे स्कुलको स्थापना गरेको बताए ।

प्रोग्रेशिभ अप्रोच अन्तर्गत बालबालिकालाई उनीहरुकै सहभागितामा ज्ञान निर्माण गराउने यस विद्यालयमा पाठ्यक्रममा आधारित रहेर शिक्षण क्रियाकलाप अघि बढाइन्छ र त्यहाँ पाठ्यपुस्तकलाई शिक्षक र विद्यार्थीले सन्दर्भ सामाग्रीका रुपमा मात्र प्रयोग गर्दछन् ।

सिकाइलाई कक्षाकोठा भित्र सिमित नगरी जीवन र जगत संग जोड्न विधार्थीलाई पर्याप्त सामाजिक अन्तक्रिया र खोजमुलक भ्रमणमा सहभागि गराइन्छ । प्रयोगमुलक शिक्षालाई व्यवहारमा उतारी समाज परिवर्तनको संवाहक बनाउने लक्ष्य लिएको यस विद्यालयमा नानीबाबुहरुको उमेर सुहाउदो वालमैत्री संरचना र सो भित्र इन्टरनेट जडित कक्षा मा स्मार्टबोर्डको सहायताले सहज र सिकाईलाई अझ सवल बनाएको छ ।

साथै तालिम प्राप्त शिक्षक शिक्षिकाहरुवाट शारिरिक, मानसिक, भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक रुपले सुरक्षित रुपमा सिकाइको सहजीकरण भएको यस विद्यालय गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकहरुको निर्विकल्प गन्तव्य हुन सक्छ ।