• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडाैं । राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवर्द्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्‍याली निकालेका छन् । काठमाडौंस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध युवा विभागले सयौँको संख्यामा र्‍याली निकालेको हो ।

विरोध र्‍याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वरमा पुगी कोण सभा मा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरु जिहादी प्रवर्द्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गरलगायतको चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाइएको थियो ।

युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवर्द्धक मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरेको छन् ।

त्यस्तै, अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशीलगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले राष्ट्रघाती बीआरआई सम्झौता र जिहादी प्रवद्र्धक मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।