कांग्रेस नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको शनिबार राति साढे ९ बजे निधन भएको जानकारी नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् दिएको हो ।

उनको  ७५ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार उनको अन्त्येष्टि आइतबार गरिनेछ ।

आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालकै शिवालयमा उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखिनेछ । साढे ११ देखि २ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ । त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने विज्ञप्तिमा उल्लेख छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७