नेता गिरिको निधनमा लहान नगरपालिकाले दियो शोक बिदा

सिरहा । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ ।

लहान नगर प्रमुख महेश चौधरीले नेता गिरिका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।

गिरिको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरि गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

गिरिको उपचारका क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१