सनसिल्कका तीन नयाँ प्याक सार्वजनिक

काठमाडाैं । सनसिल्क नेपालले आफ्ना उत्पादनको सीमित विशेष दसैँ प्याक बजारमा ल्याएको छ । बडादसैँ २०७८ को अवसर पारेर आयोजना गरेको ‘सनसिल्क दसैँ भाइब्स अभियान’ नामक डिजिटल प्रतियोगिताका विजेताले नयाँ विशेष प्याक सार्वजनिक गरेका हुन् ।

यो नयाँ प्याकमा तीन भिन्न प्रकार रहेको कम्पनीले जनाएको छ । फाइभ जिएम हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट स्याम्पु बजारमा आएको हो । नेपालका लाखौँ घरहरूमा यो नयाँ प्याकले स्थान पाउने कम्पनीले अपेक्षा गरेको जनाइएको छ । यसरी प्रस्तुत गरिएका तीन नयाँ प्याकहरूमध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलोपटक ल्याइएको कम्पनीको दाबी छ ।

सनसिल्क नेपालले गत वर्ष दसैंको अवसरमा एक डिजिटल प्रतियोगिता ‘सनसिल्क दसैं भाइब्स’ सुरू गरेको थियो । कम्पनीले उक्त प्रतियोगितालाई आफ्नो कपाल प्रदर्शन गरी आफ्नो क्षितिज फैलाउने अवसरका रूपमा युवतीहरूमाझ प्रस्तुत गरेको थियो ।

कम्पनीका अनुसार ‘सनसिल्क ग्याङ अफ गर्ल्स’ अभियानको एक हिस्सा बनेर ब्रान्डसँग आबद्ध हुने मौका दिएको थियो । उक्त प्रतियोगितामा आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले जित हासिल पारेका थिए । सनसिल्कका ब्रान्ड एम्बेसडरद्वय प्रिन्सी र प्रिज्मा खतिवडा पनि यसमा जोडिएका थिए ।

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले लाखौँ उपभोक्ताले रुचाएको र देशभर बिक्री हुने, सनसिल्क नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्रान्ड भएको बताए । उनले भने, ‘हामी विश्वास गर्छौँ, सौन्दर्य सरल छ र धेरै तरिकाबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताले मनाउने स्थानीय चाडपर्वहरू र संस्कृतिहरूसँगै हाम्रा ब्रान्डहरूलाई आबद्ध गराउन चाहन्छौँ । सनसिल्क ग्यांग अफ गर्ल्स सक्रियता र सनसिल्क दसैँ भाइब्स त्यस्तै प्रयासहरूको अंग हो ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१