थप ४ सय ८७ जनामा काेराेना संक्रमण, एक जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ६ पिसिआर परिक्षणका क्रममा २ सय ४२ जना र २ हजार ३ सय ७१ एन्टीजेन परिक्षणका क्रममा २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप १ सय ६४ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१