साओमीको ‘साओमी १२ लाइट’ नेपाली बजारमा, यस्ताे छ फिचर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ ।

यो स्मार्ट फोन आकर्षक र फेसनेबल रहेको साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डले जानकारी दिए । उनले भने, ‘साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहने रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ । यसै क्रममा हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।’

उनले थप भने, ‘यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८MP को मेन क्यामरा, ८MP को अल्ट्रा वाइड एङल क्यामरा र २ MPको म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ ।’

फ्यासन फर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन

७.२९mm को मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो, गुलाबी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाइड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा

यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । त्यस्तै, यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्रयाकिङ फोकसमा स्टाइलिस कभर शटहरु लिन सकिन्छ ।

त्यस्तै, अगाडि भएको ३२ MP को क्यामरामा जडित GD2 सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै, दुईवटा सफ्ट LED सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ वटा टेम्पलेटसहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक AI, र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।

67W टर्बो चार्जिङकोसाथ फ्ल्यागशिप–स्तर 5G प्रदर्शन

साओमी १२ लाइट को Snapdragon® 778G चिपसेटले फ्ल्यागशिप लेभलको छन् पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३००Mah को ब्याट्री भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रीको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५०% सम्म ब्याट्री चार्ज गर्न सक्छ ।

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ।

हरेक दिन इमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स

फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ जसमा HDR10± र डल्बी भिजन दुइटै छ । साथै यसमा भएको ट्रु कलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् ।

६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहित आउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । यसको मूल्य ६+१२८ जिबी –५०९९९ रुपैयाँ र ८+१२८ जिबी–५३९९९ रुपैयाँ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा उपलब्ध हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१