• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राष्ट्रपतिमाथि उठाए बाबुराम भट्टराई प्रश्न : के भने ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् ।

बिहीबार ट्वीटमार्फत भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।’

नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै स्वविवेकीय अधिकार नदिएको उल्लेख गर्दै उनले थप लेखेका छन्, ‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन ।’

संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि आफकहाँ आएको नागरिकता विधेयक १५ बुँदे संदेशसहित राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधि सभाले पुनर्विचारका लागि राष्ट्रपतिले पठाएको १५ बुँदे संदेशउपर विस्तृत छलफल नगरी नागरिकता विधेयक पारित गरिसकेको छ ।

प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभामा गएको छ । राष्ट्रिय सभाको बैठक यही भदौ १२ गतेका लागि बोलाइएको छ ।