थप १ सय ७३ जनामा काेराेना, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ४३ पिसिआर परिक्षणका क्रममा ६५ जना र २ हजार १ सय ९६ एन्टीजेन परिक्षणका क्रममा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ३ सय ९६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ५९ जना निको भएका छन् ।

हाल नेपालमा ३ हजार ६ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१