महेश बस्नेतकाे आपत्तिजनक बाेली : एमालेलाई अवराेध गर्नेलाई सकभर मुखले नत्र हातगोडाले भए पनि सम्झाउनू (भिडिओसहित)

  • बालेन साह, रवि लामिछाने, रमेश खेरल, रविन्द्र मिश्रमाथि यसरी खनिए
  • काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन साह, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् ।

    काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको घटनाप्रति संकेत गर्दै बस्नेतले आफ्ना कार्यकर्तालाई सकभर मुखले, नत्र हातगोडाले भए पनि सम्झाउन भन्दै उक्साएका हुन् ।

    के भने ?

    रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन साह, रमेश खरेलका नाममा विभिन्न अन्तर्राष्ट्रिय मिसन परिचालित छन् । यिनीहरु पार्टी भत्काउन चाहान्छन् । यिनीहरुले सिस्टम भत्काउन चाहान्छन् । यिनीहरु नव उदारवादी शक्तिका रुपमा उदाइरहेका छन् । अहिले अलिअलि आगाे बाल्दा स्याउलाले निभाउन सकिन्छ भाेलि ह्वारह्वारती आगाे बालेपछि कांग्रेसका नेताकाे घरमा जानेछन्, एमालेकाे नेताकाे घरमा जानेछन् । अहिले पनि यिनीहरुले साइबर नियमकाे अवहेलना गरी नेताकाे टाउकामा कुकुरका टाउकाे जाेडिरहेका छन् । याे सब टुलुटुलु हेरेर बस्ने कांग्रेस एमाले हुन सक्दैन ।

    राजनीतिक व्यवस्थामा मेराे पार्टी ठीक छ तिम्राे पार्टी ठीक हाेइन भन्न सैद्धान्तिक, बैचारिक, राजनीतिक, व्यवहारिक रुपमा ठीक हुनुपर्छ । राम्राे काम गर्ने हाे भने एमालेकाे लाेकप्रिय सरकार किन ढालेकाे ? जनादेशबाट बनेकाे सरकारमाथि परमादेश किन ल्याएकाे ? महेश बस्नेतलाई जितेर केही हुँदैन, यहाँ उनीहरुले एक दुईवटा वडाध्यक्ष जितेर केही हुँदैन । एक दुई ठाउँमा मेयर उपमेयर जितेर केही हुँदैन । यहाँ एमाले हराइयाे भने, केपी ओली हराइयाे भने राष्ट्रघाती विदेशी दलालहरु अवसरवादीहरु भ्रष्टहरु अपराधिहरु मिलेर एमालेमाथि मिशन प्रहार गर्नेछन् । केपी ओलीमाथि प्रहार गर्नेछन् । ओलीसँग नजिक भएका नेताहरुमाथि प्रहार गर्नेछन् ।

    तपाईँहरु उनीहरुकाे प्रहार हेरेर मुसुमुसु हास्नुभयाे, सही हाे भन्दै कमेन्ट गर्नुभयाे भने एमालेमाथि गद्दारी हुनेछ । हामीले साइबर सर्कल ब्युँताउने हाे । साइबर सेना बनाएर एमाले नेतामाथि कसैले गाली गलाेज गर्‍याे भने त्याे भन्दा तीन गुणा बढी गाली गलाैज गर्ने हाे । त्याे गर्दा तपाईँहरुलाई केही भयाे भने हामी तपाईँकाे संरक्षण गर्नेछाैँ । हाेइन भने भाेलि साइबर ल बनाएर साइबर ल लाई उल्लंघन गर्नेलाई एक एक गरी जेल हालिनेछ तपाईँ ढुक्क हुनुस् साइबर ल उल्लंघन गर्ने तत्वलाई जेल हालिनेछ यसकाे नेतृत्व महेश बस्नेतले गर्नेछ । महेश बस्नेत डराएर पीठ फर्काएर भाग्ने मान्छे हाेइन ।

    तपाईँ युवाहरुलाई जस्ताेसुकै सपाेर्ट गर्न पनि हामी तयार छाैँ । तपाईँहरुकाे पछाडि पार्टी छ । तपाईँकाे पछाडि नेता छ । तपाईँकाे पछाडि हामी छाैँ, महेश बस्नेत छ । आउँदाे चुनावी मैदानमा हारेर आउने छुट छैन । एमालेलाई कहीँ बाधा अड्चन अवराेध निहुँ खाेज्छन् भने मुखले सम्झाउनुस् सम्झेनन् भने हात खुट्टा जे ले सम्झाउने हाे सम्झाउनुस् परेकाे पार्टिले व्यहाेर्छ ।

    हेर्नुहाेस् भिडिओ : 

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१