२४ घण्टामा २ सय ५७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार ९ सय २१ जनाको नमुना परीक्षण गर्दा दुई सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २ सय ३२ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ जना रहेको छ ।

२४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएकाे छैन ।

यस्तै, थप ५० हजार तीन सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१