
काठमाडाैं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ ।
आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीबार हिन्दी संस्करणको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा राज याेग र प्रेम याेगमध्ये एक रोज्नु पर्ने बाध्यतालाई देखाइएको छ ।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।
पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।
यस्ताे छ ट्रेलर :