थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ३२ पिसिआर परिक्षणका क्रममा १ सय ८० जना र १ हजार ८ सय २५ एन्टीजेन परिक्षणका क्रममा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप २ सय १५ जना निको भएका छन् ।

हाल नेपालमा ३ हजार १ सय ५८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१