
काठमाडाैं । ‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको छ ।
बिहीवार फिल्मको हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको केही घण्टापछि नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको हो । ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकाे नेपाली ट्रेलर २ मिनेट ११ सेकेण्डको छ ।
ट्रेलरमा प्रेम नामक पात्रलाई राजयोग र प्रेमयोगमध्ये एक रोज्नुपर्ने बाध्यता देखाइएको छ । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का छन् भने गीतको भूमिकामा डेब्यू अभिनेत्री क्रिष्टिना गुरुङ छिन् ।
स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा, क्रिजन गौतमलगायतका कलाकारहरूको पनि अभिनय छ ।
दशैंको अवसर पारेर असोज ७ गतेदेखि नेपालमा र भारतमा फिल्म एकसाथ प्रदर्शन हुन लागेको हो ।