कोका–कोला जेरो सुगर अब ग्लास बोतलमा

काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ ।

जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो । फेरि प्रयोग गर्न मिल्ने भएकोले यी आरजिबि बोतलहरु बातावरण–मैत्री त छन नै, यसको ग्लास प्याकेजिङले कोका–कोलालाई लामो समयसम्म रेफ्रेश बनाइराख्छ ।

कोका–कोला जेरो सुगर आरजिबी बोतल काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरुमा ४० रुपैयाँमा २५० मिलिलिटरको ग्लास बोतलमा उपलब्ध छ ।

कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताहरुको लागि हरेक परिस्थितिमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् अथवा प्याकेजिङमा । यसै सन्दर्भमा कोका–कोला जेरो सुगर आरजिबि प्याकमा पनि यहाँँहरुमाझ ल्याउन पाउँदा अत्यन्तै उत्साहित छौँ । जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताहरुको लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’

कोका–कोलाले यसै वर्ष नेपालमा नयाँँ र अझ मिठो स्वादमा ओरिजिनल कोका–कोलाको जस्तै रिफ्रेशमेन्ट प्रदान गर्ने कोका–कोला जेरो सुगर लन्च गरेको थियो । स्थानीय उपभोक्ताहरुसँग आफ्नो सम्बन्ध अझै नजिक बनाउने आफ्नो प्रतिबद्धता अनुसार कोका–कोलाले निरन्तर रुपमा उनीहरुको जीवनशैली र आवश्यकता अनुरुपको विभिन्न स्वाद र प्याकेजिङमा आफ्ना उत्पादन हरु बजारमा ल्याउँदै आइरहेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने कोका–कोला जेरो सुगरको आरजिबि प्याक नेपाली बजारमा जेरो क्यालोरी रिफ्रेसमेन्टको किफायती विकल्प हो । क्यालोरीबिना रिफ्रेसमेन्ट लिन चाहने उपभोक्ताहरुको लागि अत्यन्तै उपयुक्त यो प्याक पुन प्रयोग गर्न मिल्ने भएकोले वातावरण मैत्री र सुरक्षित रहेको छ ।’

कोका–कोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१