
काठमाडाैं । देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन् ।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु पनि भएको मन्त्रालयले जनाएको छ । शनिबार ३३९ जना संक्रमित उपचारपछि डिस्चार्ज समेत भएका छन् ।