• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि…

ओटाबा । तपाइँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाइँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्युजकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको उनले निलेकी छिन् ।

भिडि‌ओमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हाँसो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन् ।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पुर्‍याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।

उक्त घटनाबारे एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो ।

हेर्नुहाेस् भिडि‌ओ :

While introducing a top story during a recording of Global National, anchor Farah Nasser suddenly stopped mid-read to clear her throat after she says she swallowed a fly, but quickly continued without a sweat.

Also see: https://t.co/RCw1drMdni pic.twitter.com/W2VYmdFarx

— Globalnews.ca (@globalnews) August 30, 2022