थपिए २ सय ३० जना कोरोना संक्रमित

काठमाडाैं । नेपालमा थप २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय ५६ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ८ सय ८० एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ७८ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ५ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१