वसन्तपुरमा ‘जीवित देवी’ कुमारीको सामूहिक पूजा (फाेटाेफिचर)

काठमाडौं । हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।

जसअनुुसार बुधबार वसन्तपुरमा इन्द्रजात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो ।

यस वर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१