पाण्डे पक्षधरले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने, असोज तीनमा भेला

काठमाडौं । विवेकशील साझा पार्टीका मिलन पाण्डे समूहले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने भएको छ ।

अभियान नयाँ शिराबाट सुरु गर्नका लागि आगामी असोज ३ गते ‘अगुवा भेला’को आह्वान गरेको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत् पाण्डेले यो कुरा सार्वजनिक गरेका छन् ।

पाण्डेले विवेकशील साझा पार्टी निर्माणमा आफूहरूले १० वर्ष खर्चेको पनि बताएका छन् ।

‘विगत १० वर्षमा वैकल्पिक राजनीति अभियान र विवेकशील साझा पार्टी निर्माणमा हामीले धेरै राम्रा काम गर्‍यो। केही गल्तीहरू पनि गर्‍यो । यो सबै सिकाइ र भोगाइसहित अब फेरि यो अभियानलाई नयाँ शिराबाट उठाउने बेला आएको छ,’ उनले भनेका छन् ।

यो समूह विवेकशील अभियानको संस्थापन समूह हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलका रूपमा रहेको यो समूहले त्यसपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो ।

एकीकृत पार्टीको अध्यक्ष बनेका मिश्रले ‘बिचार भन्दामाथि देश’ अवधारणा ल्याएर हिन्दूराज्य, संवैधानिक राजतन्त्र र संघीयतामाथि प्रश्न उठाएपछि पाण्डे समूहले फरक मत राखेको थियो । पाण्डे समूह संविधानका व्यवस्थाको पक्षमा रहेर पार्टी अघि बढ्नुपर्ने धारणा राखिरहेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७