यो साता हुने इंग्लिस प्रिमियर लिगका खेल स्थगित

काठमाडाैं । याे साताकाे इंग्लिस प्रिमियर लिग र इंग्लिस फुटबल लिगका खेलहरु स्थगित गरिएको छ । महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि उनको सम्मानमा लिग स्थगित गरिएको हो ।

शनिबार, आइतबार र सोमबारका लागि तय भएका प्रिमियर लिगका १० खेल स्थगित भएका छन् ।

शुक्रबार गल्फको पिजिए च्याम्पियनसिपको खेल रद्द गरिएको थियो भने इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको टेस्ट क्रिकेटको खेल पनि स्थगित गरिएको थियो ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१