• २०८३ जेठ २२
  • 2026 June 05, Friday

जुम्लामा स्याउ महोत्सव हुने

जुम्ला  । जिल्लामा स्याउ महोत्सव हुुने भएको छ। स्याउको बजारीकरणका लागि यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो।

महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्धन हुने विश्वाससहित महोत्सव आयोजना गर्न लागेको आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए। महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने उनले बताए।

दुइ दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने जानकारी दिइएको छ। महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

महोत्सवमा स्थानीय संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ।

यसअघि २०७५ मा पहिलो र ०७६ मा दोस्रो स्याउ महोत्सव भएको थियो। कोरोनाका कारण दुई वर्ष रोकिएको महोत्सव यो वर्ष हुन लागेको हो।